
काठमाडौँ । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भोलि (बुधवार) मात्रै अदालतमा लगिने भएको छ।
मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई बुधबार मात्रै काठमाडौा जिल्ला अदालतमा लग्ने तयारी भएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिनुभयो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहान अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार कसुर गरेको भन्दै पक्राउ पुर्जी लिएको थियो।
सिआइबीले बिहानै पक्राउ गरेको भए पनि थप अनुसन्धानका लागि प्रसाईंलाई मेडिकल गराएर साइबर ब्युरोमा बुझाएको हो। तर अबेर भएको र कागजातहरू मिलाउनुपर्ने भएकाले भोलि मात्रै अदालत उपस्थित गराउन लागिएको एसपी अवस्थीले जानकारी दिनुभयो ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट प्रमाण प्रसाईंले सार्वजनिक गर्नुभएको थियो । प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि प्रसाईलाई पक्राउ गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति