
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँहरुले आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर ढुङ्गानाको पार्थिव शरीरमा माल्यार्पण गरी सम्मान व्यक्त गर्नुभएको हो ।
घिमिरेले ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै संसद्लाई बलियो तुल्याउने प्रेरणादायी स्रोतका रुपमा संसदीय इतिहासमा स्थापित हुनुभएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो– ‘ढुङ्गानाजीले स्थापित गरेका उदाहरण र योगदानका पक्षलाई लिएर जानुपर्छ । त्यसलाई अठोट गरिसकेपछि व्यवहारमा उतार्न सकिन्छ, गर्नुपर्छ ।’
अध्यक्ष दाहालले ढुङ्गाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वका रुपमा नेपाली जनताले सधैँ सम्झिराख्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो– ‘उहाँ र पद््मरत्न तुलाधर शान्ति सम्झौता र संविधानसभाको वातावरण बनाएर देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविष्मरणीय छ ।’
यसैबीच नेपाली सेनाले तयार गरेको गाडीमा राखेर सानो गौचरनबाट ढुङ्गानाको शवयात्रा पशुपति आर्यघाटतर्फ अघि बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति