
काठमाडौँ । नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत चन्द्रागिरी नगरपालिका–६ स्थित ऐतिहासिक एवं धार्मिक चन्दन भराटेश्वर महादेव मन्दिरमा परिसरमा पूर्वाधार निर्माण हुने भएको छ ।
यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, चन्द्रागिरी नगरपालिका र काठमाडौँस्थित भारतीय राजदूतावासका बीचमा त्रिपक्षीय समझदारी भएको छ । त्यही समझदारीअनुसार आज यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी र यहाँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा पूर्वाधार निर्माणको शिलान्यास गर्नुभयो ।
६ करोड ५ लाख ७ हजार चार सय ६७ रुपैयाँ लागत रहेको त्यो परियोजनाका लागि भारतीय दूतावासबाट चार करोड ३६ लाख ९० हजार रुपैयाँ सहायता प्राप्त भएको जनाइएको छ । परियोजनाको अवधि २०८२ कात्तिक ११ गतेसम्मे रहनेछ ।
त्यस अवसरमा चन्द्रागिरी नगरप्रमुख गिरीले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माणपछि दोस्रो चरणमा मन्दिरको पनि कलात्मक जीर्णोद्धार गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘धार्मिक पर्यटन प्रवद्र्धन गर्दै नगरको आर्थिक, सामाजिक विकास एवं आर्थिक समृद्धि हासिल गर्न उच्च प्राथमिकता दिएको छ ।’
नगरप्रमुख गिरीले नगरपालिकाको समृद्धिका लागि वैदेशिक सहयोग भित्रिने क्रम जारी रहेको जानकारी दिँदै थानकोटमा जर्मन सरकारको सहयोगमा एक अर्ब रुपैयाँको अस्पताल निर्माण हुने बताउनुभयो । उहाँले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माणमा भारतीय दूतावासले आर्थिक सहयोग गरेकामा दूतावासलाई धन्यवाद दिनुभयो ।
त्यस अवसरमा चन्द्रागिरी नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिरमा परिसरमा पूर्वाधार निर्माणको समयमै सम्पन्न गर्न स्थानीय सरोकारवाला नागरिक तथा सङ्घसंस्थाले सकारात्मक सहयोग, निगरानी र अनुगमन गर्नुहुने अपेक्षा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चन्द्रागिरी नगरक्षेत्रको ऐतिहासिक, सांस्कृतिक, धार्मिक क्षेत्रको संरक्षण, संवद्र्धन गर्दै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने नीति रहेको छ । यसका लागि सबैको सामूहिक भावना आवश्यक पर्छ ।’
त्यस अवसरमा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ र चन्द्रागिरी–६ का वडाध्यक्ष सञ्जय सिग्देलले चन्दन भराटेश्वर महादेव मन्दिरको ऐतिहासिक पक्षका बारेमा चर्चा गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री