+

पूर्वप्रधानमन्त्री नेपालद्वारा पूर्वसभामुख ढुंगानाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  पूर्वसभामुख  तथा मानवअधिकारवादी नेता दमननाथ ढुंगानाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

अध्यक्ष नेपालले  पूर्वसभामुख ढुंगानाको निधन भएको खबर सुने लगत्तै सामाजिक सन्जालमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको हो । 

‘२०४७ सालको संविधान सुझाव आयोगका सदस्य तथा ०४८ सालमा निर्वाचित प्रतिनिधिसभाका सभामुख तथा मेरा मित्र दमननाथ ढुङ्गानाको निधन भएको खबरले अत्यन्त दुःखी छु’ अध्यक्ष नेपालले शोक वक्तव्यमा उल्लेख गर्नुभएको छ–  ‘संविधान सुझाव आयोगको सदस्यको रूपमा संविधान निर्माणमा हामीले सॅगै भूमिका निर्वाह गरेका थियौं । लोकतन्त्रको स्थापना, मानव अधिकारको रक्षा, शान्ति प्रक्रियामा निर्वाह गरेको भूमिका र नेपालको संसदीय अभ्यासलाई सबल बनाउन उहाँले दिएको योगदान सम्झिरहेको छु ।’

पूर्वप्रधानमन्त्री नेपालले शोकाकुल परिवारमा गहिरो समवेदना समेत व्यक्त गर्नुभएको छ । ‘दिवंगत दमननाथ ढुङ्गानाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’ उहाँले शोक वक्तव्यमा उल्लेख गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै