+

प्रधानन्यायाशीध राउतद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जली

काठमाडौँ ।  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

प्रधानन्यायाधीश राउतले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको हो ।

वरिष्ठ अधिवक्ता समेत रहनुभएका ढुङ्गानाको पार्थीव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको स्वकीय डा रुद्र शर्माले जानकारी दिनुभयो । ढुङ्गानाको भोलि अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने शर्माले बताउनुभयो । 

ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आज दिउँसो १ः३० बजे उहाँको निधन भएको हो । 

मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै