
चितवन । यहाँको पर्यटकीय क्षेत्र सौराहामा रहेर नेपालसहित विभिन्न देशका चिकित्सक र नर्सहरुले ‘क्रिटिकल केयर’ मेडिसिन सम्बन्धी कार्यशालामा अनुभव आदानप्रदान गरेका छन् ।
क्रिटिकल केयरमा काम गर्ने चिकित्सकहरुको संस्था ‘नेपलिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ र ‘क्रिटिकल केयर नर्स एशोसिएशन अफ नेपाल’को आयोजनामा भएको कार्यशालामा उनीहरुले बृहत छलफल गरेका हुन् ।
सोसाइटीको छैठौं अन्तर्राष्ट्रिय सम्मेलन र एशोसिएशनको तेस्रो राष्ट्रिय सम्मेलनमा उपस्थित भएका चिकित्सक नर्सहरुले कार्यपत्र प्रस्तुत गर्दै त्यसमाथि छलफल गरेका हुन् । सोसाइटीका अध्यक्ष प्राडा शितल अधिकारीका अनुसार कार्यशालामा नेपालसहित भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, न्यूजील्याण्ड र बेलायतमा सघन उपचार कक्षमा कार्यरत चिकित्सक नर्सहरुको सहभागिता रहेको थियो ।
कार्यशालामा ६ सय ५० प्रतिनिधि रहेको जनाउँदै अधिकारीले आयोजकसहित यो सङ्ख्या ७ सय ५० हाराहारी पुगेको बताउनुभयो । उनीहरुले शुक्रबार र शनिबार सौराहामा रहेर छलफल गरेका थिए ।
सोसाइटीका कार्यशाला संयोजन गर्नुभएका डा हेमराज पनेरुका अनुसार दुई दिनमा ६० चिकित्सकको र ४० नर्सहरुका कार्यपत्र प्रस्तुत गरी ती कार्यपत्रमाथि छलफल गरिएको थियो । पनेरुले छलफलका क्रममा सरकारका तर्फबाट गर्नुपर्ने नीतिका बारेमा समेत सुझाव दिनसक्ने गरी निष्कर्ष तयार पारेको बताउनुभयो ।
एशोसिएशनका तर्फबाट कार्यशाला संयोजन गर्नुभएकी परिस्मा ताम्राकारले छलफलमा आफूहरुले आर्जन गरेका प्राविधिक र व्यवहारिक ज्ञानलाई एक अर्कोमा आदानप्रदान गर्न सहयोगी बनेको बताउनुभयो । यो कार्यशालाबाट फर्किएपछि जो कोहीलाई काममा उर्जा मिल्ने उहाँको भनाइ छ ।
अत्यन्तै संवेदनशील ठाउँमा रहेर काम गर्नुपर्ने भएकाले समय समयमा यस्ता कार्यक्रम आयोजना गरेर सीप र दक्षता अभिवृद्धि गर्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा सोसाइटी र एशोसिएशनका विभिन्न तहमा रहेका अधिकारी, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि, सामाजिक सङ्घ–संस्थाका प्रतिनिधिले कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस वसरमा संस्थाका संस्थापक अध्यक्ष एवं नेपाल मेडिकल कलेजका प्रिन्सिपल प्राडा मोदनाथ मरहठ्ठाले अत्यन्तै संवेदनशील ठाउँमा रहेर काम गर्नुपर्ने जनशक्तिको यो खालको अन्तरक्रियाले नेपालको उपचार पद्धतिमा टेवा पुग्ने बताउनुभयो ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले सघन उपचार कक्षको उपचारमा चिकित्सक र नर्सको उत्तिकै भूमिका हुने भन्दै यो कार्यक्रमले नेपालका चिकित्सक र नर्सलाई थप परिस्किृत गर्दै लैजान सहयोग पुग्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति