
म्याग्दी । मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी प्राविधिक शिक्षालयका लागि सञ्चालित अभियानमार्फत एक महिनामा ६६ लाख रुपैयाँ भन्दा बढी सहयोग जुटेको छ ।
बिमको किसानी माध्यमिक विद्यालयअन्तर्गतको बाली तथा पशु विज्ञान विषयको पठनपाठन हुने प्राविधिक शिक्षालय सञ्चालनमा अध्ययनका लागि देशका विभिन्न ठाउँबाट आउने विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि स्थापित ‘किसानी सञ्जीवनी अक्षयकोष’मा उल्लेखित सहयोग जुटेको हो ।
गत असोज अन्तिम सातादेखि शुरु गरिएको अक्षयकोषमा सहयोग सङ्कलन अभियानमार्फत हालसम्म ६६ लाख ५१ हजार रुपैयाँ सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर गर्बुजाले बताउनुभयो ।
तिहार पर्वका अवसरमा मालिका गाउँपालिका–७ को विभिन्न टोलमा खेलिएको देउसीभैलो सहित नेपालमा ३३ लाख ९२ हजार रुपैयाँ सङ्कलन भएको थियो । अन्य रकम स्वदेश तथा विदेशमा रहेका बिमवासीले जुटाएका छन् ।
विसं २०६८ मा शुरु भएको प्राविधिक शिक्षालयमा हाल तीनवर्षे पशु, बाली विज्ञान र १८ महिने जेटिए कक्षा सञ्चालन भइरहेको छ । शिक्षालयमा हाल म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट आएका एक सय ५० जना विद्यार्थी छन् । प्राविधिक शिक्षा पढ्न इच्छुक रहेको तर आर्थिक कारणले पढाइबाट वञ्चित हुनुपरेको विद्यार्थीलाई सहयोग गर्ने मुख्य लक्ष्य राखेर अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य टुकमान जुग्जालीले बताउनुभयो ।
कोषमा स्वेच्छिक रूपमा आर्थिक सहयोग प्रदान गर्न देश विदेशमा रहेका बिमवासी, विद्यालयका अभिभावक, पूर्वविद्यार्थी तथा सम्पूर्ण समाजसेवी मनकारी महानुभावलाई विद्यालयले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति