
मान्म (कालीकोट) । कर्णाली राजमार्गका कारण जिल्लाका विभिन्न बजारमा व्यापार व्यवसायमा वृद्धि भएको छ ।
राजमार्ग सञ्चालनमा आएपछि जिल्लाको खुलालु, लालिघाट, रेगिल, शान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुराको पिलीचौरलगायतका बजारमा यात्रुहरुको चहलपहलसँगै व्यापार व्यवसाय वृद्धि भएको हो ।
नरहरिनाथ गाउँपालिका–८ स्थित खुलालुमा पक्की पुल निर्माण भएपछि बजारमा दैनिक भीडभाड बढेको छ । खुलालु बजार क्षेत्रमा आर्थिक कारोबार बढेको वडा नम्बर ९ अध्यक्ष प्रदीप बोहराले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस अघि जितेगडा र लालिघाटबाट सञ्चालन हुँदै आएका सवारीसाधन पछिल्लो समय खुलालुबाट चल्न थालेका छन् ।’
राजमार्ग सञ्चालनमा आएपछि स्थानीयले यातायातका साधन किनेर व्यावसायिक रुपमा आम्दानी लिन थालेको रारा कर्णाली यातायात प्रालिका अध्यक्ष हस्तबहादुर बमले बताउनुभयो ।
कर्णाली राजमार्ग आसपासमा स्थानीयले व्यावसायिक तरकारीखेती गर्न थालेका छन् । विगतमा रोजगारका उपाय नहुँदा भारत जाने चलन थियो । तरकारी बिक्री गर्ने बजारको समस्या नभएपछि तरकारीखेती गर्न थालेको रास्कोट नगरपालिका–६ भात्तडिका किसान नरप्रसाद बरालले बताउनुभयो ।
हाल बजार क्षेत्रमा होटल व्यवसाय र अन्य व्यापारीको सङ्ख्या बढेको गर्न रास्कोट नगरपालिकाका पूर्व प्रमुख काशीचन्द्र बरालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री