+

कांग्रेस उपसभापति गुरुङसंग प्रहरीले लियो ५ घण्टा बयान

काठमाडौँ । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार बयान लिएको छ । 

सीआईबीका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार बुधबार दिउँसो १२ बजेदेखि  साढे पाँच बजेसम्म गुरुङका बारेमा उठेका प्रश्नहरुको लिखित बयान लिइएको छ ।  

प्रवक्ता बोगटीले भन्नुभयो, “आज १२ बजेदेखि साढे ५ बजेसम्म कागज गरेको हो । उहाँको बारेमा उठेका प्रश्नहरुको बयान कागज गरिएको छ ।”

सहकारीमा बचतकर्ताको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय समितिले पनि ‘ज्योति गुरुङ र धनराज गुरुङ समेतमाथि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परेर केन्द्रीय अनुसन्धान ब्यूरोमा आएकोमा समितिले थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अघि बढाउन’ सिफारिस गरेको थियो ।

सीआईबीका अनुसन्धान अधिकृतहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा गुरुङले आफूले सहकारीको रकम अपचलन नगरेको जिकिर गर्नुभएको छ । आफ्नो भागमा परेको ८४ लाख रुपैयाँ पटकपटक गरेर तिरेको उहाँले बताउनुभएको छ । 

सीआईबीसँगको बयानमा उहाँले आफ्नो साँच्चै सम्बन्धबिच्छेद भएको दाबी गर्नुभयो । ‘मैले नक्कली डिभोर्स गरेको होइन, कानूनी रुपमा गरेको हो’, उहाँको भनाई उदृत गर्दै एक अनुसन्धान अधिकृतले भन्नुभयो, ‘म सहकारीमा सदस्य थिएँ, छोरालाई विदेश पठाउने बेला ऋण लिनु पर्दा १२ लाख लिएको थिएँ । त्यो पनि तिरेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट