
काठमाडौँ । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी दिव्य श्रेष्ठ ललितपुरको जावलाखेलबाट पक्राउ परेका छन् ।
धनुषाको जनकपुर उपमहानगरपालिका–९ का ३७ वर्षीय श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले अघिल्लो असार ३ गते उनलाई बैंकिङ कसूर मुद्दामा दुई महिना कैद, बिगो २ करोड ५० लाख रुपैयाँ जरिवाना र क्षतिपूर्ति बापत पीडित राहतकोषमा १० लाख रुपैयाँ जम्मा गराउने ठहर गरेको थियो । फैसला लगत्तै उनी फरार भएका थिए ।
प्रतिवादी श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारमा अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ का २९ वर्षीय मणिकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले अल्बानिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख ३ हजार ९ सय रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ दक्षिणढोकाबाट पक्राउ गरेको हो ।
तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति