
भैरहवा । सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा ल्याएपछि मंगलबार रास्वपाका कार्याकर्ताले प्रदर्शन गरेका छन् । रास्वपा कार्यकर्ताले भैरहवाको बुद्धचोकमा भेला भएर सभापतिको रिहाई माग गर्नुका साथै पक्राउको विरोध गरेका हुन् ।
सभापति लामिछानेलाई पोखराबाट बुद्ध एयरको जहाजबाट बिहानै भैरहवा ल्याउने बताइएको थियो । खराब मौसमका कारण विमानस्थल नखुलेपछि मध्यान्हमात्रै लामिछानेलाई भैरहवा विमानस्थल ल्याइएको थियो । जहाजबाट विमानस्थलमा उत्रिने वित्तिकै लामिछानेलाई प्रहरीले अति विशिष्ट कक्ष हुँदैं गाडीबाट बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय पुर्याएको थियो । त्यसक्रममा विमानस्थल बाहिर भेला भएका समर्थक र कार्यकर्ताले प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति