+

भाषिक र सांस्कृतिक अक्रिमणप्रति सचेत हौँ : मन्त्री गुरुङ

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जातीय सद्भावमा बलियो शक्ति हुने भएकाले भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत रहन आग्रह गर्नुभएको छ ।   

राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको स्मृति दिवसका अवसरमा पद्मरत्न तुलाधर लुमति गुठीद्धारा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङ्ले धार्मिक, सांस्कृतिक र जातीय विविधताबीच एकताको महत्वबारेसमेत चर्चा गर्नुभयो । 
 
 ‘जहाँ सांस्कृतिक रुपमा मानिस एकबद्ध छन्, त्यो धेरै शक्तिशाली समाज हो । कसैले त्यो समाजलाई कमजोर बनाउनुछ भने पहिलो चोटी नै उसको संस्कृतिमाथि हमला गर्छ’ उहाँले भन्नुभयो– ‘राष्ट्रवाद भनेको कुनै सिमामा मात्र खोज्ने कुरा होइन । हाम्रो राष्ट्रियता प्रत्येक जनताको अनुहारमा खोज्नुपर्छ । त्यसैले सबै समुदाय र व्यक्तिले राज्यको स्रोत र शक्तिमा पहुँच भएको महशुस हुनुपर्छ ।’
 
मन्त्री गुरुङले राष्ट्रिय विभूति साख्वा राष्ट्रिय एकताको प्रतिक भएको उल्लेख गर्दै भाषा संरक्षणको दिगोपनका लािग घरबाटै मातृभाषाको अभ्यासलाई निरन्रता दिनुपर्नेमा जोड दिनुभयो । ‘भाषा संरक्षणका लागि सबैभन्दा पहिला पाठशाला घर हो । पहिलो गुरुआमा भनेको घरको आमा हुन’ उहाँले भन्नुभयो– ‘धेरै आदिवासीका भाषा जुन व्यवहारमा रुपान्तरण हुदैन, शैक्षिक संस्थामा पढाइँदैनन्, साहित्यमा विकास भएको छैन र व्याकरण विकास भएको छैन । त्यस्ता भाषाको संरक्षण घरघरबाट हुनुपर्छ ।’
 
नेपाल संवत्को महत्वलाई राज्यले महत्व दिएर अघि बढने मन्त्री गुरुङले बताउनुभयो । नेपाल भाषासँग सिङ्गो नेपालको सार्वभौमिकता जोडिएको उहाँको भनाइ छ । ‘संयुक्त राष्ट्रसङ्घले समेत नेपाल भाषीको देश नेपाल हो भनेर चिनेको छ । त्यसैले नेपाल भाषाको महत्व, नेपाल संवत्को महत्व, नेपाल मण्डलको महत्वलाई राज्यले जहिल्यै पनि महत्व दिएर अघि बढनेछ’ उहाँले भन्नुभयो । 
  
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भाषासँगै अन्य मौलिक भाषाको संरक्षणका लागि सरकार सँगसँगै समुदायको निरन्तरता आवश्यक भएकामा जोड दिनुभयो । 

पूर्वमन्त्री एवं पद्मरत्न तुलाधर लुमति गुठीका अध्यक्ष केशवमान शाक्यले शङ्खधर साख्वालाई सुशासन, सामाजिक न्याय र आर्थिक सङ्कटको व्यवस्थापनका लागि वर्तमान नेतृत्वले प्रेरणाको स्रोतको रुपमा लिनसक्नुपर्ने बताउनुभयो । 

उहाँले राष्ट्रिय समाचार समिति (रासस) बाट नेपाल भाषामा समाचार सेवा प्रारम्भ भएकामा मन्त्री गुरुङप्रति आभारसमेत प्रकट गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट