+

जाजरकोटमा गाडी दुर्घटना हुदाँ २८ घाइते, ४ गम्भीर

जाजरकोट । भेरी नगरपालिका –७ स्याउलीबजारबाट नेपालगञ्जका लागि छुटेको फोर्स गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका –१३ कुदु जिरो प्वाइन्टनजिक दुर्घटना हुदाँ २८ जना घाइते भएका छन् । 

स्याउलीबजारबाट यात्रु लिएर नेपालगञ्जतर्फ जाँदैगरेको बा ५ ख १८९२ नम्वरको फोर्स गाडी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिनेश तिमिल्सेनाका अनुसार जगतिपुर प्रहरीले चेकजाँच गर्ने क्रममा १० जना महिला ७ जना पुरुष र ५ जना बालबालिका सहित २१ जना ईन्ट्री गराएको विचबाटोमा केही यात्रु थपेको प्रहरीको अनुमान छ । 

उहाँका अनुसार गाडीमा सवार ४ जनाको अवस्था गम्भीर रहेको छ । बाँकी घाइतेलाई सामान्य चोट लागेको छ । घाइतेको स्वास्थ्य चौकी कुदुमा प्राथमिक उपचारपछि थप उपचारका लागि जाजरकोट अस्पतलामा ल्याइएको छ । मोडमा गाडी अनियन्त्रित भइ सडकदेखि करिव ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट