
बागलुङ । बागलुङमा ‘भ्यान’ दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु भएको छ ।
जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु भएको हो ।
ग २ च ९२४७ ‘पिकअपभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिनुभएको छ । घटनामा मृतकको पहिचान खुलिसकेको छैन ।
‘पिकअपभ्यान’मा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित