
ललितपुर । ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ पढ्ने भवन नै जीर्ण बनेको छ ।
राणा शासनको समयका प्रधानमन्त्री वीर शम्शेरले आनन्द शम्शेरका लागि निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार छ । यही ऐतिहासिक दरबारमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पसको प्रशासन कार्यालय छ ।
वास्तुकला र युरोपेली शैलीमा निर्माण भएको आनन्द निकेतन राणाकालीन ऐतिहासिक दरबारमा २०२३ साल देखि नेपाल इन्जिनियरिङ इन्स्टिच्युट सरेको थियो । दरबार परिसरमा इन्जिनियरिङ अध्ययन संस्थानका पहिलो डिन कुलरत्न तुलाधरको प्रतिमासमेत निर्माण गरिएको छ ।
भवनलाई १९९० साल माघ २ गतेको भूकम्पले सामान्य क्षति पु¥याएको थियो । त्यसपछि २०७२ सालको भूकम्पले इन्जिनियरिङ अध्ययन संस्थानको प्रशासन रहेको आनन्द निकेतन दबारलाई क्षति पुर्याएको थियो । दुई पटकको भूकम्पले क्षति पुर्याएको भवन मर्मत गरेर पठनपाठन संचालन गरिएको छ । भूकम्पले जीर्ण अवस्थामा रहेको ऐतिहासिक दरबारलाई इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रशासनले मर्मत गरेर सञ्चालन गरेको हो ।
ललितपुरका ऐतिहासिक राणाकालीन दरबारहरु, हरिहर भवन र नारायण भवन संरक्षणको अभावमा अलपत्र छन् । पुल्चोकको आनन्द भवन भने मर्मतपछि प्रयोगमा आएको छ । भूकम्पपछि पानी चुहिने समस्या रहेको ऐतिहासिक दरबारलाई मर्मत गरेर पानी नचुहिने बनाएको क्याम्पस प्रमुख इन्द्रप्रसाद आचार्यले जनाउनुभएको छ । २०७२ सालको भूकम्पपछि भारत सरकारबाट २अर्ब १९ करोड रुपैयाँ इन्जिनियरिङ अध्ययन संस्थानका भवन पुनःनिर्माणका लागि दिने सम्झौता भए पनि हालसम्म सहयोग नआएको पुल्चोक क्याम्पसका प्रमुख आचार्यले जानकारी दिनुभयो ।
भारत सरकारबाट आउने २अर्ब १९ करोड रकम मध्येमा ३५ करोड रकम आनन्द निकेतन भवनको पुनःनिर्माणका लागि हो । विस्तृत परियोजना प्रस्ताव तयार भए पनि सम्झौता अनुसार अझै काम शुरु भएको छैन । ऐतिहासिक दरबार भूकम्पपछि चारैतिर चर्केको छ । कतिपय झ्याल फुटेका छन् । भवन जीर्ण अवस्थामा रहे पनि विज्ञको सल्लाहअनुसार मर्मत गरेर कार्यालय सञ्चालन गर्न मिल्ने भएपछि कार्यालय यथावत् राखेको उहाँको भनाई छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अहिले पनि सयौँ विद्यार्थी इन्जिनियरिङ अध्ययन गरिरहका छन् । यही क्याम्पसमा इन्जिनियरिङ पढेर धेरै विद्यार्थी इन्जिनियर बनेका छन् । भूकम्पपछि जीर्ण अवस्थामा रहेको ऐतिहासिक आनन्द निकेतन दरबार पुनःनिर्माणको पखाइमा भए पनि निर्माणका लागि भने कुनै निकायले चासो देखाएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति