+

राष्ट्रपतिद्वारा ओलीलाई चीन र रेग्मीलाई अमेरिकाको राजदूतमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  प्राडा कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरुलाई राजदूत पदमा नियुक्ति गर्नुभएको  हो । 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्राडा  ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र  लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको  राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट