
काठमाडौँ । नशामुक्ति र अपाङ्गतासम्बन्धी समस्या समाधान गर्न सबैको आपसी सहकार्य र समन्वय आवश्यक पर्ने बताइएको छ ।
राजधानीमा आज शुरु भएको नशामुक्ति र अपाङ्गतासम्बन्धी जागरणमूलक युवा सम्मेलनको उद्घाटन सत्रमा सहभागी वक्ताले सहकार्य र समन्वयबाट समस्या समाधान गर्न सकिने धारणा राख्नुभएको हो ।
काशियाना फाउन्डेशनले आयोजना गरेको सम्मेलनको दीप प्रज्ज्वलन गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कतिपय युवाले माध्यमिक तह (९, १० कक्षा) मा प्रवेश गरेदेखि नशा सेवन शुरु गर्ने गरेको उल्लेख गर्नुहुँदै यसबाट अपाङ्गताको अवस्थामा पुग्नेसम्मका समस्या आउने गरेको बताउनुभयो ।
नेपालमा जनसङ्ख्याको ४२ प्रतिशत युवा रहेकाले तिनलाई सत्मार्गमा ल्याउने गरी योजनासहित काम गर्न लागिएको उहाँले जानकारी दिनुभयो । नेपालमा खुला सीमा भएकाले पनि धेरै लागुऔषध भित्रने गरेको मन्त्री चौधरीले बताउनुभयो । नशामुक्ति अभियानका लागि संयुक्त रूपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भारतीय जनता पार्टी (भाजपा) का महासचिव दुश्यन्त गौतमले काशियाना फाउन्डेशनले १० वर्षदेखि नशामुक्तिका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँले नशामुक्तिका लागि दक्षिण एसिया क्षेत्रका देश मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
फाउन्डेशनका संस्थापक सुमित अङ्कुर सिंहले नशामुक्तिका लागि नेपालको पशुपतिनाथबाट भारतको विश्वनाथसम्म संस्थाले जागरणमूलक पदयात्राको तयारी गरिएको जानकारी दिनुभयो । सम्मेलनमा ३० देशका युवा प्रतिनिधिको सहभागिता रहेको छ ।
कार्यक्रममा मणिपुरका विधायक रामेश्वर सिंह, फाउन्डेसनका अपाङ्गतासम्बन्धी सल्लाहकार दीपा मल्लिक, संरक्षक श्याम ज्याजु, नवीन वभनिया हरियाणा, डा भूपेन्द्र सिंह, आशीष गुप्ता लगायतले नशामुक्तिका लागि आपसी सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित