
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भेनेजुयलाको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ ।
भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको यही कात्तिक १९ र २० गते आयोजित सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधनसमेत गर्नुभएको थियो । उहाँलाई स्वागत गर्न पार्टी नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।
विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले सम्मेलनमा सहभागी प्रतिनिधिसँग अनुभव आदानप्रदान गर्नेबारे छलफल गरिएकाले भ्रमण फलदायी रहेको बताउनुभयो । उहाँले सम्मेलनमा त्यहाँका शीर्षनेताहरूसँग बहुपक्षीय सहयोग आर्थिक, राजनीतिक तथा सामाजिक विकासमा सहकार्य गर्ने विषयमा जोड दिइएको बताउनुभयो ।
अध्यक्ष नेपाल यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित