
काठमाडौँ। ‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियान छ सयौँ हप्तामा प्रवेश गरेको छ ।
बागमती सरसफाइको छ सय हप्ता पुगेको उपलक्ष्यमा बागमती सरसफाइ महाअभियानले आज आयोजना गरेको ‘स्वच्छता मेरो पहिचान, सफाइमा मेरो योगदान’ परिसंवादमा आयोजना ग¥यो ।
त्यसक्रममा बागमती सफाइका लागि निजी तथा सरकारी क्षेत्रबाट भए÷गरेका काम कारबाही तथा आगामी योजनाका विषयमा छलफल भएको थियो । कार्यक्रममा अभियानका शुभारम्भकर्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले आमनागरिकमा बागमती हाम्रो सभ्यता र संस्कृति भएकाले यसलाई फोहोर गर्नु हुँदैन भन्ने चेतनाको विकास हुनु नै यस अभियानको ठूलो उपलब्धि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बागमती सफाइ महाअभियानले राम्रो सन्देश दिइरहेको छ, सबैमा बागमती सफा राख्नुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको छ, यो राम्रो सन्देश हो ।”
कार्यक्रममा बागमती महाअभियानका अभियन्ता एवं पूर्वमुख्य सचिव लीलामणि पौडेल, गोकर्णेस्वर नगरपालिका प्रमुख दीपककुमार रिजाल, डा सुमित्रा अमात्य, वरिष्ठ पत्रकारद्वय युवराज घिमिरे, हरिबहादुर थापा, बागमती सभ्यता आयोजनाका निमित्त प्रमुख उद्धव नेपाललगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित