
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश समितिले कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रहँदा पदको दुरुपयोग गरी मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि पार्टी प्रदेश कमिटीले अधिकारीलाई सङ्गठित सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो।
एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले शनिबार विज्ञप्ति जारी गर्दै अधिकारीलाई निलम्बन गरिएको जानकारी गराउनुभएको हो।
मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काल पदबाट राजीनामा गर्न निर्देशन दिनुभएको थियो।लगतै मन्त्री पदबाट राजीनामा दिनुभएका अधिकारीले आफूले प्रहरीलाई सहयोग गरेको तर उक्त गिरोहमा संलग्न नरहेको जिकिर गर्दै आउनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित