
तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्नका लागि आफू प्रतिबद्ध भएर लागिरहेको बताउनुभएको छ । नेपाली काँग्रेस शुक्लागण्डकी नगरसमितिले आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले आफूले सय दिनसम्म मन्त्रालयबारे बुझ्न लागेको र अब परिणाममुखी काम गर्ने गरी खटिरहेको बताउनुभएको हो । मन्त्री पौडेलले भन्नुभयो, “आधारभूत विषयलाई समेटेर योजना बनाएका छौँ, अब त्यसलाई सूक्ष्मढङ्गबाट कार्यन्वयन गर्नेतर्फ अगाडि बढेका छौँ ।”
एकैपटक अनुभूति हुने गरी परिणाम ल्याउन गाह्रो रहे पनि जनताको हितमा हुने गरी सरकारले काम गर्ने उहाँको भनाइ थियो ।
अर्को प्रसङ्गमा मन्त्री पौडेलले पूराना पार्टीलाई गाली गरेर नयाँ हुन नसकिने जिकिर गर्नुभयो । उहाँले नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोत तथा व्यवहार बीचमा तालमेल नमिल्दा समस्या भइरहेको धारणा राख्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित