+

दैलेखबाट सुर्खेत आउदै गरेको फोर्स गाडी दुर्घटना, ४ जनाको मृत्यु २५ घाइते

सुर्खेत । सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रि भई दुर्घटनामा परेको गुराँस गाउँपालिकाका वडा नं. ८ का वडाध्यक्ष दिपेन्द्र वलीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।

घाइते २५ जनाको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । २९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट