
काठमाडौँ । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखको पदका लागि सरसफाइ अभियन्ता राजमान मानवले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँलाई धरानका मेयर हर्क साम्पाङको समर्थन रहेको दावि गर्नुभएको छ ।
नेवाः लहना विश्व सरसफाइ अभियानका संस्थापक राजमान कीर्तिपुर नगरपालिका वडा नम्बर १ का बासिन्दा हुनुहुन्छ । विगतमा एमाले पृष्ठभूमिका मानव हाल कुनै दलमा आवद्ध हुनुहुन्न । सरसफाइ कार्यक्रम मार्फत कीर्तिपुरका सबै बासिन्दाले आफूलाई चिनेको उहाँको दाबी छ ।
मानवलाई धरानका मेयर हर्क साम्पाङले समेत समर्थन गर्नुभएको छ । कीर्तिपुरलाई पार्टीको गढबाट जनताको गढ बनाउन मेयरको उम्मेदवार बन्न लागेको उहाँको भनाइ छ । आगमी निर्बाचनमा सबै दलहरु मिलेर आएपनि आफुले सजिलै पराजित गर्ने उहाँको दाबी छ ।
गत निर्वाचनमा कीर्तिपुरको मेयर पद नेपाली कांग्रेसले जितेको थियो । दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादीका उम्मेदवारले मत ल्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन