+

भृकुटीमण्डपमा विराट महायज्ञ तथा विज्ञान सम्मेलन

काठमाडौँ ।  विश्व कल्याण र शान्तिको कामना गर्दै काठमाडौँको भृकुटीमण्डपमा अतिरुद्र विश्व कल्याण विराट महायज्ञ तथा विज्ञान सम्मेलन भइरहेको छ । 

महायज्ञ’मा एक हजार एक सय ११ आचार्य तथा वटुक ४० भन्दा बढी मुलुकका यज्ञसाधक तथा वैज्ञानिक सहभागी भएका छन् । महायज्ञसँगै ‘वैदिक विज्ञान र आधुनिक विज्ञान’ अन्तर्राष्ट्रिय दोस्रो सम्मेलन पनि सञ्चालन जारी छ ।

सम्मेलनमा सहभागी अमेरिकस्थित महर्षि विश्वविद्यालयका कूलपति  जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्नसक्ने  बताउनुभयो । योग र यज्ञका प्रभावले मानिसलाई सत्मार्गमा अग्रसर गराउन सकिने उहाँले बताउनुभयो । 

महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सवको अवसर पारेर आयोजना गरिएको महायज्ञ तथा सम्मेलनमा आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनी पनि  भएको छ । 

विश्वभर वैदिक परम्पराको  प्रवद्र्धन तथा प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाको चिरशान्तिको उद्देश्यका साथ आयोजित महायज्ञपछि देशमा सुशासन कायम गर्न योगदान पुग्ने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट