
महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल तथा तराई मधेसमा आजदेखि छठ पर्वका लागि कुटान पिसान शुरु भएको छ । छठ पर्वमा गहुँ र चामलका विभिन्न पकवान बनाएर चढाउने चलन रहेकाले सोही पकवान पकाउन आजदेखि कुटान पिसान शुरु गरेका हुन् ।
तराई मधेसमा गोधन पर्व सम्पन्न भइसकेपछि छठ पूजाका लागि कुटान पिसान गर्ने परम्परा छ । आइतबार तराई मधेसमा गोधन पर्व सम्पन्न गर्दै आजदेखि छठ पर्वको कुटान पिसान शुरु गरिएको जलेश्वर नगरपालिका–८ की बर्तालु राजवती देवीले बताउनुभयो ।
छठ पर्वका लागि घरघरमा आज बिहान अरबा चामल र चुनिएको गहुँ धोइपखाली सुकाएर आजैदेखि चामल तथा गहुँ कुटान पिसान गरी पिठो तयार गरिने जलेश्वर–८ की बर्तालु सुमित्रा देवीले बताउनुभयो ।
चोखो र शुद्धताको पर्व मानिएको छठ व्रतका लागि कुटान पिसान गरिने चामल र गहुँ घर, आँगन वा टोल छिमेकमा रहेको ढिकी तथा जाँतोमा पिस्ने परम्परा छ । तर अहिले ढिकी र जाँतो अभाव हुन थालेपछि कतैकतै मिलमा पनि कुटान पिसान गरिन थालेको जलेश्वर–६ की विनिता देवीले बताउनुभयो ।
बिहानै आ–आफ्ना घर आँगन वा टोल छिमेकमा भएका ढिकी तथा जाँतोलाई शुद्ध र सफा पानीले धोएर पवित्र बनाएपछि गहुँ र चामल कुट्ने तथा पछि पुनः गहुँ र चामललाई धोएर सुकाएर पिध्ने गरिन्छ । यसरी कुटान पिसानबाट तयार भएको पिठोले नै छठ पर्वमा भगवान् सूर्य र माता छठदेवीको अघ्र्यका लागि ठेकुवा, भुस्वा, खजुरिया, पेरुकिया लगायत पकवान तयार गरिने जलेश्वर–२ की कोसिला देवीले बताउनुभयो ।
छठ पर्वमा चामल र गहुँकै पिठोबाटै तयार भएको ठेकुवा र भुस्वा नै प्रमुख प्रसाद रहने गरेका कारण यसलाई शुद्धताका साथ कुटान पिसान गरी पकाउने तयारी गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन