
काठमाडौँ। सभामुख देवराज घिमिरेले नेपाल संवत् ११४५ को अवसरमा नयाँ वर्ष नेपाल संवत्् ११४५ ले सबै नेपालीहरूको जीवनमा सफलता, नयाँ उत्साह र उमङ्ग ल्याउन प्रेरणा प्रदान मिलोस् भन्ने शुभकामना दिनुभएको छ ।
सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल संवत्् ११४५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले नेपाल संवत् को नयाँ वर्षले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास लिनुभएको छ ।
“नेपाल संवत्् (नेवाः संवत््) नेपालको प्रमुख परम्परागत संवत्् हो, जसले नेपालको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई प्रतिनिधित्व गरेको छ, यो संवत्् मूलतः नेवार समुदायको आर्थिक स्वतन्त्रता र उनीहरूको समाज सुधारको ऐतिहासिक प्रसङ्गसँग जोडिएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “नेपाल संवत् विशेषतः नेवार समुदायमा लोकप्रिय छ, यसको आधारमा विभिन्न सांस्कृतिक पर्वहरू, जात्रा, र रीतिरिवाज मनाइन्छन्, नेपाल संवत् नेपालको मौलिकता र सांस्कृतिक समृद्धिको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको छ ।”
विसं २०६५ मा राष्ट्रिय मान्यता पाएको नेपाल संवत् लाई सङ्कुचन होइन, फराकिलो पार्दै राज्य तथा जनस्तरबाट पनि ऐतिहासिक संवत््का रूपमा स्थापित गर्न जरुरी भएको र हरेक मौलिक परम्परा तथा संस्कृतिको जर्गेना गर्नु राज्य र स्वयं नागरिकको पनि दायित्व सन्देशमा उल्लेख गरिएको छ ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी सुरु गर्नुभएको नेपाल संवत् लाई नेपालको मौलिक संवत््को रुपमा लिइन्छ । नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालमा सरकारले शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन