
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको प्रशिक्षण पाठ्यसामाग्री परिमार्जन उपसमितिको संयोजकमा डा सुरेश आचार्य नियुक्त हुनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवम् पार्टी उपसभापति पूर्णबहादुर खड्काले हाल उपलब्ध प्रशिक्षण पाठ्यसामग्रीलाई परिमार्जन गर्न डा आचार्यको संयोजकत्वमा उपसमिति गठन गर्नुभएको हो ।
उक्त उपसमितिको सदस्यमा डा जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, डा कृष्णप्रसाद पौडेल र प्रताप पौडेल रहनुभएको छ । उपसमितिलाई कात्तिक २६ गतेभित्र प्रतिष्ठान प्रमुखसमक्ष प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित