
जुम्ला । सिञ्जा गाउँपालिकाले गत आर्थिक वर्षमा ९३ वटा विकास– निर्माणका योजना सम्पन्न गरेको छ ।
आव २०८०/८१ को सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिकाको कार्यप्रगति प्रस्तत गर्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले आवमा छनोट भएका एक सय एक योजनामध्ये ९३ वटा योजना निर्माण सम्पन्न भएको जानकारी दिनुभएको छ ।
गाउँपालिकाको भवन, सिञ्जा सङ्ग्राहलय सञ्चालन तथा व्यवस्थापन, बृहत् खानेपानी आयोजना, राजमार्गदेखि आचार्य लिही जोड्ने बाटोको स्तरवृद्धि तथा शिक्षा, स्वास्थ्यका भौतिक पूर्वाधार निर्माण भएका हुन् ।
स्थानीयका असुविधा हटाउन तथा विकास निर्र्माणमा पालिकाका गतिविधि केन्द्रित गर्न सबै जनप्रतिनिधिले निर्देशन दिनुभएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित