+

सवारी दुर्घटनामा एकको मृत्यु, एक जनाको अवस्था गम्भीर

नुवाकोट ।  लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा बिहीबार राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो । 

दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते हुनुभएभएको छ । उनको ग्रिनसिटी अस्पताल काठमाडाँैमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले उनको खोजी भइरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट