
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित कम्भकर्ण (फक्ताङलुङ) हिमालको आधार शिविर क्षेत्रमा फोहर सङ्कलन गरिएको छ । फक्ताङलुङ गाउँपालिका–६ का महेन्द्र आधारभूत विद्यालयका शिक्षकहरुले हिमालमा भएको फोहर सङ्कलन गरेका हुन् । कुम्भकर्ण हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमाल हो । यसको मनमोहक दृश्य र जैविक विविधता पर्यटकहरूको प्रमुख आकर्षण बनेको छ ।
हिमालको आधार शिविरमा फोहरका थुप्रै समस्या देखिएका थिए । यस समस्याको समाधान गर्न महेन्द्र आधारभूत विद्यालयका शिक्षकहरूले फोहर सङ्कलन गरेको हुन् । विद्यालयका शिक्षक र शिक्षिकाहरूले फोहर सङ्कलनका लागि एक अभियान सञ्चालन गर्नुभएको निमित्त प्रधानाध्यापक विवश केदेमले बताउनुभयो ।
केदेमका अनुसार फोहोर सङ्कलन गर्ने यो प्रयास हिमालको सौन्दर्य र जैविक विविधता संरक्षण गर्नका लागि अत्यन्त महत्त्वपूर्ण थियो । यस अभियानमा कुम्भकर्ण हिमालको आधार शिविरमा पुगेका शिक्षकले पर्यटक र तीर्थयात्रीद्वारा छरिएको फोहर सङ्कलन गरेको बताउनुभयो ।
शिक्षक अभिशेक लिम्बूका अनुसार विभिन्न प्रकारका फोहर प्लास्टिक, खाद्य वस्तुका खोल, कपडा आदि चार बोरा सङ्कलन गरिएको थियो । कुम्भकर्ण हिमालमा फोहरको समस्या सौन्दर्यको ह्रास हो, तर यसले स्थानीय पारिस्थितिकी प्रणालीमा पनि गम्भीर असर पुर्याउने भएकाले फोहर सङ्कलन गरेको शिक्षिका सुशन तामाङले बताउनुभयो ।
तामाङका अनुसार पर्यटकहरूले आफ्नो भ्रमणका क्रममा फोहर छोड्दा यसले प्राकृतिक वातावरणमा प्रदूषण दीर्घकालीन रूपमा हिमालको जैविक विविधता र स्थानीय जीवनशैलीमा नकारात्मक प्रभाव पार्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित