
नवलपुर । गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको ¥याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आउनुभएको छ ।
बुबाले विसं २०५२ मा शुरु गर्नुभएको व्यवसायलाई उहाँले निरन्तरता दिनुभएको हो । लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप सिकेर बाँसको ¥याक बनाई उहाँले वीरगञ्जदेखि कपिलवस्तुसम्म बिक्री गर्दै आउनुभएको छ । व्यवसायीहरुले एकैपटकमा एक सय बढी सङ्ख्यामा ¥याकको माग गर्ने भएकाले उहाँको दैनिकी ¥याक बनाउनमै बित्छ । “अहिले ¥याकको माग धेरै छ, तिहार सुरु हुँदासमेत ¥याक बनाएर बस्नु परेको छ”, उहाँले भन्नुभयो, “¥याक लिन व्यापारीहरु आफैँ गाडी लिएर आइपुग्छन् ।” बजारमा माग पूरा गर्न नसकेपछि हाल ज्यालादारीमा कामदार राखेको उहाँको भनाइ छ । उहाँका अनुसार एक दिनमा एकजनाले कम्तीमा आठवटा ¥याक तयार गर्छन् ।
विभिन्न चार आकारको ¥याक बनाउने गरेको बताउँदै न्यौपानेले आकारअनुसार होलसेलमा प्रतिगोटा तीन सय १० देखि पाँच सय रुपैयाँसम्ममा बिक्री गर्दै आएको बताउनुभयो । ¥याक बिक्रीबाटै खर्च कटाएर उहाँले हाल मासिक औसतमा ३० हजार रुपैयाँ बचत गर्ने गरेको बताउनुभयो । कोठा भाडामा लिएर अस्थायी रुपमा बसोबास गर्ने विद्यार्थीहरुबाट ¥याकको माग बढी हुने गरेको न्यौपानेको भनाइ छ ।
“¥याकमा किताबकापी, भाँडाकुँडा, जुत्ताचप्पलसमेत राख्न मिल्छ”, उहाँले भन्नुभयो, “छोटो समयका लागि कोठा भाडामा बस्ने व्यक्तिले कम खर्चमा सामान राख्न सहज हुने भएकाले माग धेरै आउने गरेको छ ।” ¥याक बनाउन प्रयोग हुने हरियो बाँस गैँडाकोट तथा चितवनबाट ल्याउने गरेको उहाँले बताउनुभयो ।
सामान्य लगानीमा व्यवसाय गरेर स्वरोजगार बन्न सकिने भएकाले युवाहरुलाई तालिम दिएर आत्मनिर्भर बनाउँदै आएको उहाँले बताउनुभयो । शुरुमा १० हजार रुपैयाँ लगानी गरेर व्यवसाय सञ्चालन गर्न सकिने उहाँको सुझाव छ । बाँसबाहेक रङ, काँटी र काठ प्रयोग गरेर ¥याक बनाउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित