
काठमाडौँ । नेपाल सम्वत ११४५ मूल समारोह समितिले नेपाल संवतत्को मौलिकता एवं महत्वलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आह्वान गरेको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिनदेखि शुरु हुने नेपाल सम्वतलाई प्रचारप्रसार लगायत कार्य गर्न समितिले विदेशस्थित नियोगलाई आग्रह गरेको हो ।
समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ९३७ सालमा गरिब जनताको ऋणमोचन गराई प्रचलनमा ल्याएको नेपाल सम्वतको मौलिकता एवं महत्वलाई संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न सबै नियोगलाई अनुरोध गरिएको जानकारी दिनुभएको छ ।
उहाँले नेवार समुदायले देशभर विविध कार्यक्रम गरी नयाँ वर्षका रूपमा मनाउने सम्वत नेपालबाट शुरु भएकाले प्रयोगलाई व्यापक रूपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिले कत्तिक १७ गते वसन्तपुरमा आयोजना गर्ने मूल समारोहमा सहभागी हुन मातहतका सम्बन्धित सङ्घसंस्थालाई आफ्नो स्थानबाट परम्परागत बाजा, झाँकी र सांस्कृतिक पहिरनसहित मूल समारोहमा सहभागी हुन निर्देशन दिएको छ । समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।
विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो भने २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल सम्वतलाई राष्ट्रिय मान्यताको घोषणा गरेको हो । समितिद्वारा अन्तक्र्रिया, गोष्ठी, शुभकामना आदानप्रदान लगायत कार्य गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित