
काठमाडौँ । नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्युब ग्यालरीमा एक महिनाको आवासीय कला कार्यशालामा व्यस्त छन् । अक्टोबरभरि उहाँहरुले ग्यालरीमा रहेर स्वतन्त्र रुपमा कला सिर्जना गर्ने अवसर पाउनुभएको हो ।
ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठले अक्टोबर महिनाभर इरानका चित्रकार सोमायेह सादत मिराब्वासी र अस्ट्रियाका फोटोग्राफर अनिता फुचले कला सिर्जना गरिहनुभएको जानकारी दिनुभयो । ‘उहाँहरु दुवै जना नेपालको कलाकृतिप्रति निकै उत्साहित हुनुहन्छ’ उहाँले भन्नुभयो– ‘एक महिनामा उहाँहरुले सिर्जना गरेका कला ग्यालरीमा प्रदर्शन भएका छन् ।’
फुचले ‘शीर्षकविहीन’ शीर्षकको विचार भाव फोटोग्राफीमार्फत प्रस्तुत गर्नुभएको छ भने मीराब्वासीले मनमोहक डिजिटल कला प्रस्तुत गर्नुभएको छ ।
उहाँका सिर्जनामा अनौठो दृष्टिकोण प्रतिबिम्वित भएका ग्यालरीका प्रमुख श्रेष्ठले बताउनुभयो । मिराब्वासीको कलामा जीवनको सुक्ष्मताभित्र पनि गहिरो अस्थित्व महसुस गराउन खोजिएको पाइन्छ । ‘उहाँको कलाले वरपर पाइने, वस्तु, जनावर, बोटबिरुवा, ढुङ्गा लगायतको आफ्नै असाधारण तथा अस्तित्व रहेको सन्देश दिन खोजेको छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित