
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले गणतन्त्र चीनका प्रसिद्ध वैज्ञानिक एवं प्राध्यापक विङडिङलाई सम्मान गर्नुभएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यसम्बन्धी १६ देशका वैज्ञानिकको सहभागितामा यहाँ आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले आज उहाँलाई अभिनन्द गर्नुभएको हो । गोष्ठीमा जलवाय परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपायका साथै पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको थियो ।
छलफलमा सहभागी सबैलाई मन्त्री पाण्डेले कृतज्ञता व्यक्त गर्दै भन्नुभयो– ‘आज हामी एउटा विशेष सन्दर्भले जोडिएका छौँ । विश्व प्रसिद्ध वैज्ञानिक विङडिङलाई सम्मान गर्दैछौँ । चीनमा ‘डिस्टिङगुइस योङ साइन्टिस्ट’ र ‘चाङजियाङ’को उपाधि प्राप्त गरिसक्नुभएका उहाँ विश्वका दुई प्रतिशत वैज्ञानिकभित्र पर्नुहुन्छ ।’
वैज्ञानिक विङडिङले चार सय ७० भन्दा धेरै अनुसन्धानमूलक लेख लेख्नुभएको उल्लेख गर्दै मन्त्री पाण्डेले प्रविधिको क्षेत्रमा गरिएका अनुसन्धान र उद्योगलाई जोड्ने विषयमा उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो । पूर्वी एसिया र दक्षिण एसियालाई जोड्ने पुलका रूपमा काम गर्ने वैज्ञानिक विङडिङलाई नेपालमा स्वागत गर्नु दुई देशबीचको सम्बन्ध सुमधुर बन्दै जानु हो उहाँले भन्नुभयो ।
पर्यटनमन्त्री पाण्डेले नेपाल र चीनबीच पुरानो सुमधुर सम्बन्ध रहेको बताउँदै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ आएको अभिलेख र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पु-याएको अभिलेख समेत रहेको जानकारी दिनुभयो ।
सुदूरपश्चिम विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा विकसित गर्न चिनियाँ विश्वविद्यालय र सरकारलाई आवश्यक सहयोग गरिदिनसमेत उहाँले अनुरोध गर्नुभयो । मन्त्री पाण्डेले सहभागी सबैलाई नेपालको प्राकृतिक र सांस्कृति रुपमा सम्पन्न मुलुक भएकाले यहाँ घुम्न आउन अनुरोध गर्नुभयो ।
अभिनन्द कार्यक्रममा चीनका वैज्ञानिक विङडिङले नेपालीमा प्राप्त भएको सम्मान सदैव स्मरण गर्ने बताउनुभयो । उहाँले नेपाली विद्यार्थीलाई आफू मातहतमा अध्ययन तथा अनुसन्धानमा लगाउन नपाएको उल्लेख गर्दै उहाँले उनीहरुलाई आफूसँग जोडिन आग्रह गर्नुभयो ।
प्राध्यापक विङडिङको मातहतमा एक सय १४ नेपाली विद्यार्थीले विद्यावारिधि गरिरहनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति