
जनकपुर । मधेश प्रदेश सरकारले मङ्सिर २१ गते जनकपुरधाममा आयोजना गरिने रामजानकी विवाह महोत्सवलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेकोे हो । समितिले महोत्सव अन्तर्गत गरिने कार्यक्रम, अयोध्याबाट आउने जन्ती र मेला भर्न आउने श्रद्धालु भक्तजन तथा साधुसन्तका लागि बास प्रबन्ध आदिका विषयमा गर्नुपर्ने कामका सूची सरकारलाई बुझाउनुपर्ने गरी समिति गठन गरिएको बताइएको छ ।
गठित समितिमा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोदकुमार जयसवाल, ऊर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल मियाँ सदस्य रहनुभएको छ । त्रेतायुगमा अयोध्या नरेश दशरथका पुत्र रामचन्द्र र मिथिला नरेश जनक नन्दिनी जानकीबीच विवाह भएको स्मरणमा जनकपुरधाममा मङ्सिर शुक्ल पञ्चमीका दिन रामजानकी विवाहोत्सव मनाइँदै आएको छ । रामजानकी विवाहोत्सवका अवसरमा जनकपुरधाममा साताव्यापी कार्यक्रम गर्ने गरिन्छ ।
नगर दर्शनबाट सुरु हुने विवाह महोत्सवका क्रममा फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवा आदि गरिन्छ । महोत्सवमा सहभागी हुन देश विदेशका लाखौँ श्रद्धालु भक्तजन तथा साधुसन्त जनकपुरधाम आउने गर्छन् । प्रदेश सरकारले गठन गरेको समितिले विवाह महोत्सवलाई व्यवस्थित, सहज र आकर्षक बनाउन आवास, भोजन, खानेपानी, शौचालय, विद्युत्, स्वास्थ्यसेवा, यातायात, सुरक्षा आदिका लागि गर्नुपर्ने कामको विस्तृत विवरण तयार पार्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति