
काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले सेवा निवृत भएपछि आफूले पाउने पेन्सन सबै दान गर्नुभएको छ ।
पूर्वप्रहरी महानिरीक्षक खरेलले विभिन्न ठाउँमा पेन्सन रकम संगठनकै तल्लो तहका सदस्य तथा उनीहरुका सन्तानको शिक्षादीक्षाका लागि विभिन्न पुरस्कार तथा छात्रवृति स्थापना गरेर दान गर्नुभएको हो ।
‘मन भए धन ठूलो होइन’ भन्ने पूर्वप्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले व्यवहारबाटै देखाउनु भएको छ । नेपाल प्रहरीमा फरक(फरक दर्जामा विभिन्न स्थानमा कार्यरत रहँदा मातहतका प्रहरीमा मात्रै नभएर जनसमुदायबीच पनि कुनै न कुनै छाप छाड्न सफल पूर्वप्रहरी महानिरीक्षक खरेल अवकाश प्राप्त जीवनमा पनि संगठनभित्र ‘दानविर’का रुपमा उभिउनु भएको हो ।
उहाँले आफूले उर्जाशिल समय व्यथित गरेको अर्थात् जीवनको महत्वपूर्ण समय योगदान पुरर्याएको प्रहरी संगठन सबै प्रहरीका सदस्यको छाता बन्न सकोस् भनेर आफूले आफूलाई प्राप्त सम्पूर्ण पेन्सन रकम संगठनकै तल्लो तहका सदस्य तथा उनीहरुका सन्तानको शिक्षादिक्षाका लागि अर्पण गर्नुभएको हो । कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त गर्ने तल्लो तहका प्रहरीका सन्तानलाई शैक्षिक प्रोत्साहन गर्ने हेतुले स्थापना गरिएको छात्रवृत्ति प्रदान गर्ने खरेल प्रहरी संगठनभित्रका पहिलो ‘दानविर’ बन्नु भएको छ । खरेलले शुरु गर्नुभएको अक्षयकोष स्थापनाको सिलसिला पछिल्लो समय अरुले पनि देखासिकी गर्न थालेका छन् ।
खरेलले प्रहरी संगठनको कार्य विभाग अन्तर्गतको स्मारक गुठी तथा नेपाल प्रहरी विद्यालयमा स्थापना गरेको कोषबाट ‘अच्यूत(मिना अमर प्रहरी पुरस्कार’ वार्षिक ६० हजार रुपैयाँ दुई जना (एक छात्र, एक छात्रा) ले प्राप्त गर्ने छन् । त्यस्तै ‘अच्यूत(मिना अमर प्रहरी परिवार छात्रवृत्ति’ वार्षिक १ लाख २ हजार रुपैयाँ पनि ५१ हजारका दरले एक छात्र, एक छात्राले प्राप्त गर्ने छन् । त्यसैगरी ‘अच्यूत(मिना अशक्त प्रहरी कर्मचारी वृत्ति कोष’ बाट पनि ६ जना अशक्त प्रहरी कर्मचारीले जनही वार्षिक ६० हजार प्राप्त गर्ने छन् । यो सहयोग राशी कर्तब्य पालनाका सिलसिलामा घाइते भएका प्रहरी जवान २ जना, हवलदार २ जना, एक जना असई र एक जना सईले प्राप्त गर्ने छन् ।
त्यसैगरी, नेपाल प्रहरी स्कुल साँगामा पनि पूर्व महानिरीक्षक खरेलले २०४८ सालमै ुसरस्वती(गोपिकृष्ण खरेल छात्रवृत्ति कोषु वीरगती प्राप्त प्रहरीका जेहेन्दार सन्ततीको लागि ५१ हजार १ सय ५२ रुपैयाको अक्षयकोष स्थापना गरिदिनुभएको छ । त्यस्तै, प्रहरी स्कुल बेलचौतारा, तनहुँमा पनि २०५४ मा ‘अच्युत(मिना खरेल छात्रवृत्ति कोष’ स्थापना गर्नूभएका खरेलले त्यहाँ पनि ५१ हजार रुपैयाँको अक्षयकोष बनाइदिनुभएको छ ।
त्यस्तै, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पनि २०५४ सालमा ‘अच्यूत(मिना छात्रवृत्ति कोष’ स्थापना गर्नुभएका उहाँले त्यहाँ पनि ५१ हजारकै अक्षयकोष बनाउनु भएको छ । त्यसैगरी, लुम्वीनी प्रदेश कार्यालयमा २०५६ मा ५१ हजारकै ुअच्यूत(मिना अक्षयकोषुको स्थापना गरिएको नेपाल प्रहरीले प्रकाशन गरेको ‘६९ औं प्रहरी दिवस २०८१’ मा प्रकाशित अक्षयकोषको विवरण नामक पुस्तिकामार्फत सार्वजनिक गरिएको छ ।
यसैबीच, ‘दानविर’का रुपमा समेत प्रहरी संगठनभित्र चिनिनु भएका पूर्वप्रहरी महानिरीक्षक खरेलसँग सम्पर्क गर्दा उहाँले आफूले आफ्नो सशक्तकालको जीवन व्यथित गरेको प्रहरी संगठनका तल्लो तहका सदस्यको मनोबल उकास्नकै लागि पनि आफूले यो अभियानमा सहभागि भएर सन्तोष लिएको बताउनुभयो । आफ्नै अनूभव सुनाउने बताउँदै उहाँले भन्नुभयो –‘म प्रहरी संगठनमा विभिन्न दर्जामा विभिन्न ठाउँमा रहँदा नेतृत्व मेरो भए पनि मलाई नि स्वार्थ साथ दिएर, सहयोग गर्दै सफल तुल्याउने तल्लो तहकै प्रहरीका सदस्य रहेको बुझेकाले मैले तल्लोतहकै हितमा उनीहरुको मनोबल उकास्न यो अभियान थालेको हुँ । यस्ता अभियानमा अरु पनि बहालवाला, अवकाश प्राप्त प्रहरी अधिकारीलाई जोडीन म अनुरोध गर्दछु ।’
खरेलका अनुसार ४ कक्षादेखि १० कक्षासम्म अध्ययन गर्ने दुई जना जेहन्दार विधार्थीले वार्षिक एक मुष्ठ ५१ हजार रुपैया छात्रवृत्ति रकम प्राप्त गर्ने छन् । त्यो छात्रवृत्ति सहयोग रकम कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त गर्ने अमर प्रहरी (कार्यालय सहयोगी, प्रहरी जवान, प्रहरी हवल्दार) का सन्तति मध्ये २ जना जेहन्दार तर, आर्थिक अवस्था अत्यन्तै कमजोर भएका परिवारका सन्ततीलाई शिक्षा हासिल गर्न सहज एवम् सरल होस् भन्ने भावनाबाट ओतप्रोत भएर उपलब्ध गराइएको हो ।
प्रहरी संगठनमा यसरी अक्षयकोष नै स्थापना गरी संगठनका विरगति प्राप्त बहादुर सदस्यका सन्ततीको उज्ज्वल भविष्यको कामना गर्दै छात्रवृत्ति रकम उपलब्ध गराउने खरेल नै प्रथम व्यक्ति हुनुहुन्छ ।
पूर्वप्रहरी महानिरीक्षक खरेलका अनुसार आफ्नो जीवनकालपछि पनि त्यो छात्रवृत्ति अभियानले निरन्तरता पाओस् भनि खरेलकै इच्छामा उहाँका सन्तानद्वय छोरा डा आयुष र छोरी डा चाँदनीले ११ लाखको अक्षयकोष स्थापना गरिदिनु भएको छ । यसरी आफूले सहयोग राशी समर्पण गर्न पाएकोमा खरेल मात्रै होइन, उहाँका परिवारजन पनि खुशी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन