
काठमाडौँ । कोभिड–१९ बाट आक्रान्त भएको नेपाली ललितकला पछिल्लो समयमा बिस्तारै माथि उठ्न थालेको छ ।
कोरोनाको असरलाई पन्छाएर नेपाली ललितकलाले देशविदेशमा आफ्नो प्रभाव देखाउन थालेको छ । विभिन्न देशका कलाकारको सहभागितामा कला कार्यशाला तथा प्रदर्शनी नेपाल र बाह्य देशमा बढ्न थालेको छ ।
ललितकला प्रज्ञा–प्रतिष्ठानले त्यसको नेतृत्वमा आफ्नो मौलिकता खोजिरहेको छ र रुपान्तरण अभियान अघि बढाइएको छ । ललितकलाले सामाजिक चेतनालाई गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । कला र साहित्य समाजको ऐना हो । कलाले प्रकृति, देश, भूगोल, जातजाति र समुदायका संस्कृति, संस्कार बिम्बात्मक रूपमा चित्रण गर्छ । विशेषगरी कलामा विभिन्न समुदाय, तिनका वेशभूषा, संस्कृति, भूगोल र प्रकृति आदिको कलात्मक बिम्ब भर्छ, जसले विश्वमा राष्ट्र र राष्ट्रियता चिनाउँछ, स्रोतका रूपमा अभिलेख बस्छ ।
त्यही भावलाई आत्मसात् गर्दै संस्थागत रुपमै सातै प्रदेशमा लुकेका नेपाली ललितकलालाई समेटेर इतिहासमै पहिलो पटक यसवर्ष सङ्घीय राज्यको अनुभूत हुनेगरी प्रादेशिक ललितकला प्रदर्शनी भयो । त्यही प्रदर्शनीबाट छानिएका मौलिक, कलात्कम र उत्कृष्ट कलाकृतिले राष्ट्रिय ललितकला प्रदर्शनीमा स्थान पायो ।
यसअघिका ललितकला गतिविधि काठमाडौँ उपत्यकामा मात्रै सीमित हुने परम्परालाई तोड्दै कर्णाली र सुदूरपश्चिमको कुनादेखि पूर्व कोशीको विकट गाउँका सिर्जनाले काठमाडौँ उपत्यकामा प्रवेश पायो । नेपाली कलाको सातवटै प्रदेशमा एक÷एकवटा कला हब बनाउने रणनीतिक योजना अघि सारिएको छ । बागमती प्रदेशको रामेछापस्थित सुनापाती गाउँपालिकालाई थाङ्का कला हर्बका रुपमा विकास गर्न थालिएको छ । लुम्बिनी प्रदेशको गढवा दाङलाई सेरामिक्स हब बनाउने कार्य प्रक्रिया अघि बढेको छ । अन्य प्रदेशमा समेत सम्भाव्यता खोजी भइरहेको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली भन्नुहुन्छ– ‘राष्ट्रिय सामाजिक रुपान्तरणको ध्येय जोडेर ललितकलाको प्रगतिकथपको मूल बाटो लोकल थ्रू सेन्टर टू ग्लोबल, अनि ग्लोबल थ्रू सेन्ट्रल टू लोकलको समायोजन मिलाउँदै स्थानीय, प्रदेश र केन्द्रीय पहिचान बढाएर कलालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुहँच पुर्याउने रणनीतिक योजना अघि सारिएको छ ।’
उहाँले नेपाली हावापानीको कलात्मक जिन्दगी प्रस्ट्याउने गरी विशेष अध्ययन अनुसन्धानको प्राथमिक आवश्यकता समेत रहेको औँल्याउनुभयो । ‘नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, अनुसन्धान सिर्जना र सम्मान’ भन्ने भावमा रहेर नै कलामा रुपान्तरण खोजिरहेको कुलपति हार्तम्छाली बताउनुहुन्छ ।
यसपटक बृहत् उद्देश्यका लागि योजना अघि सारिएको छ । कलाले आर्थिक विकास र पर्यटनमा सहयोग पुर्याउन जरुरी छ । मौलिकताको जगेर्ना, अन्तर्राष्ट्रिय सम्बन्धको विकास, रोजगारी सिर्जना र अर्थतन्त्रमा टेवा पुर्याउन सकेन भने कला सिर्जनाको महत्व कमजोर हुन्छ । यही कुरालाई दृष्टिगत गरी कला र सिर्जनाका आयामलाई फराकिलो पार्दै रैथाने कला र संस्कृतिको खोजी गरिरहेको बताउनुहुन्छ, प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली ।
नेपाली चित्रकला मूर्तिकला (आधुनिक), अन्य सिर्जनात्मक (बहुआयामित) कला, रैथानै मौलिक शिल्प ज्ञानको प्रवद्र्धनात्मक कार्यका लागि खोजअनुसन्धान, अभिलेखीकरण र प्रकाशन कार्यलाई बढावा दिइको बताउँदै थुम्केली भन्नुहुन्छ– ‘यसपालि मौलिक बिम्ब खोज्दै नेपाली ललितकलालाई पुनर्जागृत गर्ने कार्यको थालनी गरिएको छ ।’
यस्ता छन् नीति तथा कार्ययोजना
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले गएको वर्षदेखि ललितकलाको क्षेत्रमा बहुआयामिक काम भएको बताउनुभयो । कला गतिविधि देशभर बढ्दो क्रममा रहेको र कला सम्मेलन नै गरेर समस्या पहिचान गरी समाधानको प्रयास गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा पनि त्यसले निरन्तरता पाएको र थप कार्यक्रमहरु आएको छ । यस वर्ष प्रादेशिक प्रदर्शनी र राष्ट्रिय प्रदर्शनीलाई विस्तृत र व्यवस्थित गर्ने, पुस्तकालय, ग्यालरी, सङ्ग्रहालयको विकास गर्ने, नीतिगत समस्या सुधार, सामाजिक रुपान्तरण, सचेतना र जागरणका काम अघि बढाउने योजना अघि सारिएको छ ।
कला सर्वेक्षण, खोजअनुसन्धान, प्रशिक्षण कार्यशाला, आर्ट क्याम्प, सम्मेलन गरी कलालाई उद्यमशीलता एवं पर्यटन प्रवद्र्धनसँग जोड्ने, चित्रकला, मूर्तिकला वास्तुकलाको ऐतिहासिक पक्षको खोज र अनुसन्धान गर्ने रहेको छ ।
थारू वास्तुकला, भित्तेचित्र, किरात वास्तुकला तथा स्थान विशेषका कलाको खोजअनुसन्धान कार्यसमेत अघि बढाउनेगरी रणनीतिक योजना बनाइएको छ । हरेक प्रदेशमा कला हर्बको विकास गर्ने, गणतन्त्र, शहीद दिवस, संविधान दिवस, अरनिको दिवसका कला गतिविधि अघि बढाउन थालिएको छ । प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख दिनेश्वर महत्तो देशभरका ललितकलालाई उजागर गर्नेगरी कार्य अघि बढाइएको र सोही अनुसारका योजना अघि सारिएको बताउनुहुन्छ ।
उहाँका अनुसार यसका लागि राज्यको सोच सकारात्मक हुनुपर्ने, कलाको विकासमा ध्यान जानुपर्ने उहाँले बताउनुभयो । अझै पनि कला सिर्जना राज्यको प्राथमिकतामा पर्न सकेको छैन । बजेट दिन हिच्किचाउने गरिएको छ । जुन मुलुक कलाले समृद्धि छ त्यो मुलुक हरेक हिसाबले समृद्ध हुन्न भन्ने कुरा बुझ्न जरुरी रहेको कलाकार बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति