
तनहुँ। तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि कैदीबन्दीको उपचारमा समस्या भएको हो ।
स्वास्थ्य सहायक बोहोरा यही असोज १ गते सरुवा भई शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकु गएपछि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन भएको हो । स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या हुँदै आएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
“कैदीबन्दी सामान्य बिरामी हुँदासमेत दमौली अस्पताल लैजानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । कारागारको गाडी नहँुदा राति कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजान झनै समस्या प्रमुख अधिकारीले बताउनुभयो । कारागारमा कैदीबन्दीमा बढीजसो छालासम्बन्धी रोग रहेको छ । जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेकाले कैदीबन्दी समेत यसबाट बढी सङ्क्रमित हुने अवस्था रहेको छ । तनहुँ कारागारको ब्लक ‘ए’ मा एक सय ३२, ब्लक ‘बी’ मा एक सय ७३ र ब्लक ‘सी’ मा २६ कैदीबन्दी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति