
बागलुङ । बागलुङ कालिका मन्दिरमा बडादसैँको अवधिमा चार लाख दर्शनार्थीले दर्शन गरेका छन् । घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले दर्शन तथा पूजाअर्चना गरेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
पछिल्लो समय कालिका मन्दिरको प्रचारसँगै दसैँमा घुम्न निस्कने धार्मिक पर्यटकहरुले कालिका मन्दिरको दर्शन गरेका हुन् । गत चैते दसैँदेखि यस मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या अभिलेख गर्न थालिएको छ । कालिका मन्दिरमा दसैँ र चैते दसैँमा बढी दर्शनार्थीहरु आउने गरेका छन् ।
बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटकसमेत कालिका मन्दिरमा आउन थालेपछि दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको हो । मन्दिरमा बलि दिने परम्परा बिस्तारै घटे पनि नरिवल चढाउने र दान गर्ने परम्परा बढेको छ ।
तीन सय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा भए पनि पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका कारण दर्शनार्थीको सङ्ख्या बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन