
नवलपुर । आज बडादसैँको टीकाको दिन । गाउँलेहरु हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला यहाँको मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगन तेर्सो आउने बाटो हेर्दै बितिरहेको छ ।
स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत साउन २३ गते साँझ घरबाट निस्किएपछि अहिलेसम्म फर्किनुभएको छैन । छोरा बेपत्ता भएपछि गुरुङ दम्पतीको घर सुनसान छ । विगत तीन वर्षदेखि मिर्गौलाको डायलासिस गराइरहनुभएकी उत्तमकी ५० वर्षीया आमा राजकुमारी गुरुङ छोराको चिन्ताले झनै थलिनुभएको छ । “घरबाट केही नभनी निस्किएको छोराको अवस्था थाहा छैन”, गहभरि आँसु पार्दै राजकुमारीले भन्नुभयो, “कहाँ गएको हो, आफन्त गाउँलेहरु मिलेर धेरै ठाउँमा खोज्नुभयो । तर छोराको बारेमा केही थाहा पाउन सकिएन ।”
जेठा छोरा बेपत्ता भएपछि दसैँ खल्लो भएको छ । दसैँ मनाउने उत्साह नभएको उहाँले बताउनुभयो । “हिँड्ने बेलामा मोबाइल यहीँ छोडेर हिँडेको रैछ”, उहाँले भन्नुभयो, “गाउँमा कतै गयो होला भनेर सोचेका थियौँ । एक दिन, दुई दिन गर्दै यत्रो दिन बित्यो छोरा घर फर्किएन ।” छोरा जहाँ जस्तोसुकै अवस्थामा भए पनि चाँडो घर फर्किन उहाँले बिन्ती गर्नुभयो ।
उत्तमका ५८ वर्षीय बाबु नन्दे गुरुङलाई छोराले किन घर छाडेर हिँड्यो भन्ने पनि थाहा छैन । “हामी बाउछोरा भएर तरकारीखेतीे, कुखुरापालन तथा बाख्रा व्यावसायिक रुपमा पाल्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “दिनभरि सँगै काम गरेका थियौँ, त्यस्तो नराम्रो केही भएको पनि थिएन, बेलुकी घरबाट बाहिर निस्केको छोरा अझै फर्किएन ।” छोराको खोजी गर्न धेरै ठाउँ पुगेको र प्रहरी, सङ्घसंस्थासँग गुहार माग्दासमेत नभेटिएको गुरुङको भनाइ छ ।
नन्देका बाबुछोरा नै वैदेशिक रोजगारका लागि पाँच वर्ष दुबईमा बसेर स्वदेश फर्किएपछि व्यावसायिक पुशपालन गर्दै आउनुभएको थियो । पत्नी बिरामी आएपछि वैदेशिक रोजगारी छोडेर दुवै जना फर्किएका थिए । “घरको हरेक कामकाजमा सघाउँदै आएको जेठो छोरो बेपत्ता भएपछि कुन खुसीले दसैँ मनाउनु खै”, मलीन मुद्रामा नन्देले भन्नुभयो, “अझै पनि छोरा आउँछ कि भनेर बाटो हेर्दैमा दिनरात कटाउने गरेका छौँ ।” छोरा घर फर्किएमा सबै खुसी फिर्ता आउने र चाडपर्व रमाइलो हुने आशा गुरुङ दम्पतीको मनमा अझै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति