
बागलुङ । बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसूति गराइएको छ । नगर अस्पतालका डा राजेश पौडेलसहितको टोलीले ताराखोला गाउँपालिका–४ की कुशुम विकको शल्यक्रिया गरी प्रसूति गराएको हो ।
मङ्गलबार सुत्केरी व्यथा लागेर नगर अस्पताल आउनु भएकी विकको गर्भमा रहेको शिशुको स्वासप्रश्वासमा समस्या रहेकाले शल्यक्रिया गरिएको डा पौडेलले जानकारी दिनुभयो । शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसअघि अस्पतालले सामान्य प्रसूति सेवा दिने गरेको थियो । बागलुङमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र धौलागिरी अस्पतालमा मात्रै शल्यक्रियामार्फत प्रसूति गराइँदै आइएको थियो ।
‘आमा सुरक्षा कार्यक्रमअन्तर्गत परिवार कल्याण महाशाखाले गत भदौ १६ गते नगर अस्पताललाई शल्यक्रियामार्फत प्रसूति गराउने अनुमति दिएको थियो’ डा पौडेलले भन्नुभयो । उहाँले भन्नुभयो– ‘अब यो सेवा लिन अन्यत्र जानु पर्दैन् ।’
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले अब यस क्षेत्रका गर्भवतीलाई नगर अस्पतालमै सुरक्षित रुपमा प्रसूति गराउन आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्दै जाने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति