
काठमाडौँ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाजुराको बूढीनन्दा नगरपालिका स्थायी ठेगाना भएकी करिब १५ वर्षीया एक बालिकाको उद्धार गरिएको छ ।
मन्त्रालयको राष्ट्रपति महिला उत्थान समन्वय इकाइद्वारा असोज १७ गते ‘दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७’ बमोजिम नेपाली सेनासँग समन्वय गरी उद्धार गरिएको हो ।
जिल्ला अस्पताल बाजुरा, जिल्ला समन्वय समितिबाट सञ्चालित सेफ हाउसका एक जना कमर्चारीका साथ उहाँलाई प्रदेश अस्पताल, सुर्खेतमा उद्धार गरिएको मन्त्रालयले जनाएको छ । जिल्ला अस्पताल, बाजुराका चिकित्सक प्रकाशबहादुर बुढाका अनुसार बालिका हाडनाता करणीमा परी गर्भवती भएको र ३६ साताको गर्भवती बेहोश भएको अवस्थामा उहाँको उद्धार गरिएको हो ।
सेफ हाउसका कर्मचारीका अनुसार निज किशोरी कक्षा ६ मा अध्ययनरत रहेको, आफन्त कोही पनि सम्पर्कमा नआएको र उहाँका आमा, बुबा भारतमा रहेको समेत जानकारी प्राप्त भएको छ ।
उद्धारको भोलिपल्टै पीडितले बच्चालाई जन्म दिएको र हाल आमा तथा बच्चा दुवैको अवस्था स्वस्थ रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७५र७६ देखि शुरु गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका प्रभावकारी रुपमा सञ्चालनमा आएको छ ।
कार्यक्रम पूर्ण रुपमा १९ जिल्ला र आंशिक रुपमा जम्मा २९ जिल्लाका (विकट स्थानीय तह) गरी जम्मा ४८ जिल्लामा लागु भैसकेको छ । यस कार्यक्रमअन्तर्गत नेपाली सेना तथा अन्य निजी हेलीकप्टरसँगको समन्वयमा हालसम्म जम्मा सात सय ५७ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन