
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकामा हात्तीको आतङ्क सुरु भएसँगै स्थानीय त्रसित बनेका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक रुपमा आउने जङ्गली हात्ती र अर्नाको आतङ्कले यहाँका स्थानीय त्रसित बनेका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा आज भएको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा यही असोज १२ र १३ गते आएको बाढीको त्राससँगै अहिले हात्तीको आतङ्क पनि थपिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो । सप्तकोशी नदीमा आएको बाढीका कारणले आरक्षमा रहेका जङ्गली जनावर बस्तीमा पस्न थालेका उहाँले जानकारी दिनुभयो ।
नगरप्रमुख कार्कीले बाढीबाट पीडित धान र तरकारी किसान आरक्षबाट आउने हात्तीको आक्रमणबाट त्रसित हुन थालेका बताउँदै दैनिक आउने हात्ती र अर्नाले करिब पाँच सय बिघा धान र तरकारी बाली नष्ट गरेको जानकारी दिनुभयो ।
हात्ती नियन्त्रणका लागि सरोकार भएका निकायले समन्वय गर्नुपर्ने माग गर्दै नगरप्रमुख कार्कीले पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सङ्घीय सरकारसँग आग्रह गर्नुभयो । आरक्षमा रहेका अर्ना तथा हात्ती भारतको सुपौल जिल्लाको भीमनगर नजिकै कटैयापावर हाउस वरपरका बस्तीमा आतङ्क मचाइरहेकाले तत्काल उद्धारका लागि पहल गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
बाढी पीडित परिवारलाई तत्काल राहतसामग्री उपलब्ध गराउन थालिएको बताउँदै पुनःस्थापनाको पहल पनि भइरहेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले उल्लेख गर्नुभयो । जिल्लामा बाढी पीडितको तथ्याङ्क सङ्कलन भइरहेकाले स्थानीय तहसँगको समन्वयमा तत्काल पीडित परिवारलाई खाना र अस्थायी बासको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति