
काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित हुनुभएको छ ।
नेफेजको आज भएको ३९औँ साधारणसभापछि भएको मतदानमा कार्कीले ४५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गर्नुभयो ।
कूल १ सय ४ मतदाता रहेकामा निर्वाचनमा ७४ मत खसेको प्रमुख निर्वाचन आयुक्त डा रवि शर्मा अर्यालले जानकारी दिनुभयो । यसैगरी, उपाध्यक्षमा टीका बन्धन ४१ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी सुरेश शर्माले ३२ मत प्राप्त गर्नुभएको छ ।
महासचिवमा कमलदेव भट्टराई, सचिव (महिला) मा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्विरोध निर्वाचित हुनुभएको छ ।
दुई सदस्य (पुरुष) का लागि भएको निर्वाचनमा यम बम र रामप्रसाद भण्डारी विजयी हुनुभएको छ । बमले ५४ र भण्डारीले ४६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन आयुक्त अर्यालले बताउनुभयो । सदस्यका अर्का उम्मेदवार प्रकाश रिमालले ३० मत प्राप्त गर्नुभएको छ ।
कूल ११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा दुई महिला सदस्य र दुई विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले त्यो पदमा नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति