
पर्सा । नवरात्रको पहिलो दिन घटस्थापना वीरगञ्जको प्रख्यात मन्दिर गहवामाई भगवतीको मन्दिरसहितका धार्मिकस्थलमा परम्परा अनुसार मनाइएको छ ।
नवरात्रको पहिलो दिन आज वीरगञ्जको गहवामाई भगवतीको मन्दिरमा बिहानदेखि नै दर्शन गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले गहवामाई भगवतीको दर्शन गर्नाले परिवारमा सुख र समृद्धि प्राप्त गर्ने भएकाले पनि भक्तजन दर्शन गर्न आउने बताउनुहुन्छ ।
‘गहवामाई भगवतीको मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको पूजापाठ गर्दै आइरहनुभएको छ’ उहाँले भन्नुभयो– घटस्थापनाको मुख्य पूजा भने बिहान ९ बजेर १६ मिनेटमा गरियो ।’ मन्दिर व्यवस्थापनको काम गर्दै आएको माईस्थान सञ्चालन समितिका निवर्तमान अध्यक्ष दिनानाथ गुप्ताले वीरगञ्जको गहवामाई मन्दिरमा नवरात्रको अवसरमा लाखौँ भक्तजनले दर्शन गर्ने बताउनुभयो । ‘गहवामाई मन्दिर वीरगञ्ज क्षेत्रको मात्रै आस्थाको धरोहर नभइ छिमेकीमूलुक भारतको विहारलगायतका राज्यका दशनार्थीको आस्थाको केन्द्रविन्दुको रुपमा परिचित छ’ उहाँले भन्नुभयो – ‘विशेष गरेर यो मन्दिरमा भाकल तथा पूजापाठ गरेर मनोकांक्षा पूरा हुने जनविश्वास छ । जसको कारणले भक्तजनको घुइँचो लाग्नेगर्छ ।’
गहवामाई भगवतीको मन्दिरमा अष्टमीको दिन बलि पनि चढाउने गरिन्छ । यहाँ करिब ६ हजारको सङ्ख्यामा बलि चढ्ने अनुमान गरिएको छ । माइस्थान सञ्चालन समितिका निवर्तमान अध्यक्ष गुप्ताले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको शुभसाइत अनुसार नै घटस्थापनाको पूजापाठ गरिएको जानकारी दिनुभयो । ‘‘नवरात्रको अवसरमा त गहवामाई मन्दिरमा आउने दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ’ उहाँले भन्नुभयो– ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय स्वयसेवक खटाएर सहज ढङ्गले दर्शन गर्ने व्यवस्था मिलाएका छौँ ।’
नवरात्रको अवसरमा वीरगञ्जको चोक– तथा गल्लीहरुमा पनि दुर्गा भगवतीको मूर्ति तथा स्वरुप राखेर पूजापाठ गर्ने गरिन्छ । घण्टाघरचोक, रानीघाट, छपकैया, नगवा लगायतका स्थानको खुल्ला स्थानमा नवदुर्गाका मूर्ति तथा प्रतिमा राखेर पूर्जाअर्चना गर्ने गरिन्छ । घण्टाघर नवदुर्गा पूजा सेवा समितिका पूरोहित दिनबन्धु शुक्लाले टोल–टोलमा नवदुर्गाको मूर्ति राखेर पूजापाठ गर्दै आइरहेको बताउनुभयो ।
‘नवरात्रको अवसरमा बिहीबार नवदुर्गाको कलशयात्रा पनि गर्न लागेका छौँ’ उहाँले भन्नुभयो । घण्टाघरबाट घडासहितको कलशयात्रा शुरु भएर घडीअर्वा पोखरी परिक्रममा गरेर घण्टाघरचोक नजिकै रहेको दुर्गा माताको मूर्ति राखेको ठाउँमा आएर पूजाअर्चना गरिनेछ ।
वीरगञ्जको घण्टाघरचोकदेखि माईस्थानचोकसम्म सडकमा नै जलेवी बनाएर बिक्री वितरण गरिरहेका दृश्य पनि देखिन्छन् । त्यति मात्रै होइन, यी सडक खण्डमा नवदुर्गाका पूजा सामग्री र प्रसाद बिक्री गर्नेको पनि भीड लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति