
म्याग्दी । मुस्ताङको वारागुङ–रानीपौवाबाट मुक्तिनाथ–पुराङ–झोङ हुँदै तेताङ जोड्ने सडक खोल्ने तथा स्तरोन्नति गर्ने आयोजना शुरु भएको छ ।
आयोजनामार्फत रानीपौवाबाट झोङसम्म चार किलोमिटरमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र र झोङबाट तेताङसम्म सात किलोमिटर नयाँ मार्ग निर्माण गरिने मुस्ता¬ङ पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम मगरले जानकारी दिनुभएको छ ।
‘सम्झौता गरेको निर्माण कम्पनीले तेताङतर्फबाट डोजर परिचालन गरेर ‘ट्रयाक’ निर्माण थालेको छ’ उहाँले भन्नुभयो, ‘रानीपौवा–झोङ खण्डमा कालोपत्रका लागि पहिलो चरणमा सडक फराकिलो बनाउन शुरु भएको छ ।’ यो आयोजनाका लागि गण्डकी प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ । विसं २०८३ साउन २८ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेको आयोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।
योे कालीगण्डकी करिडोरको कागबेनी–छुसाङ खण्डको वैकल्पिक सडक हो । कागबेनीबाट मुक्तिनाथ मन्दिरमा जाने पर्यटक तथा तीर्थयात्रीलाई यही सडक भएर उपल्लो मुस्ताङको यात्रा गर्न सहज हुनेछ ।
वारागुङ मुक्तिक्षेत्र, लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सहज हुने भएकाले यो सडकलाई प्राथमिकता दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति