
काठमाडौँ। यही असोज १० देखि १२ गतेको मनसुनी विपद्का कारण अवरुद्ध भएकामध्ये विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरुद्ध छन् ।
नेपाल प्रहरीकानुसार बाढीपहिरोले अवरुद्ध पारेका धेरै सडकखण्ड सञ्चालनमा आए पनि १७ वटा अझै सञ्चालनमा आउन सकेका छनैन् । अन्य सात सडकखण्ड एकतर्फी खुलाइएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले पनि अवरुद्ध सडक सञ्चालन र अन्य सडक दुईतर्फी नै खुलाउने गरी तदारुकताका साथ काम भइरहेको जानकारी दिनुभयो ।
प्रहरीले आज साँझ सार्वजनिक गरेको सूचनानुसार दक्षिणकाली–सिस्नेरी, ललितपुरको लेले–टीकाभैरव, धनकुटाको राँके भेडेटार सडकखण्ड पूर्ण अवरुद्ध छ । यस्तै बागमती प्रदेशका कान्ति लोकपथ, कुलेखानी–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल, बीपी राजमार्गका विभिन्न क्षेत्रका सडकखण्ड अवरुद्ध छन् ।
मध्यपहाडी लोकमार्ग सुनामवेशी, अकरेभिर, बाह्रबीसे–तातोपानी, रामेछाप–सिन्धुली–खुरकोट, कालीगण्डकी करिडोर सालझण्डी–अर्घाखाँची–ढोरपाटन सडकखण्ड र पूर्वपश्चिम राजमार्गको मध्यविन्दु सडकखण्ड पनि अवरुद्ध रहेका प्रहरीले जनाएको छ ।
अवरुद्ध रहेका दाउन्ने, पृथ्वीराजमार्गको बन्दीपुर खण्ड, तनहुँ व्यास नगरपालिका, पाँचखाल हनुमानगढी केराघारी, पृथ्वी लोकमार्गको बेनीघाट खण्ड, सुनकोसी कमेरेडाँडालगायतका खण्ड एकतर्फी सञ्चालनमा ल्याइएका छन् । एकतर्फी सडकमा दुईतर्फी यातायात सञ्चालन र अवरुद्ध सडक खुलाउने काम भइरहेको छ भने दाउन्नेमा भने आज राति बाटो बन्द गरेर थप काम गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन