
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।
न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले आज विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा जनही रु ५०/५० हजार धरौटी लिएर थुनामुक्त गर्ने आदेश गरेको काठमाडौँ अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो ।
मेडिकल व्यवसायी प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौँले विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दा काठमाडौँ अदालतमा दायर गरेको थियो । प्रसाईंले एक जना महिलाको चरित्र हत्या हुने अभिव्यक्ति उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई यही असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति