+

तनहुँको सिमनाथ–काहुँ सडक कालोपत्र गरिँदै

तनहुँ ।  ऋषिङ गाउँपालिकामा पर्ने सिमनाथ–काहुँ सडकखण्डमा कालोपत्र शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको १५ करोड रुपैयाँ लागतमा करिब ६ किलोमिटर सडक कालोपत्र थालिएको हो । 

पहिलो चरणमा ऋषिङको थप्रेक सिमनाथदेखि काँहुसम्म सडक कालोपत्र गरिने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार सदरमुकाम दमौलीबाट ऋषिङ पुग्ने छोटो दुरीको यस सडकलाई प्राथामिकतामा राखेर काम गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । ‘जिल्लाको ऋषिङ मात्रै नभइ छिमेकी जिल्ला नवलपुरको बुलिङटार डेढगाउँ जोड्ने छोटो दूरीको सडक समेत रहेको छ’ उहाँले भन्नुभयो– ‘जसले गर्दा सवारी आवतजावतमा छिटो पुग्न सकिन्छ ।’

सडक विस्तार, ‘रिटेनिङ वाल’ निर्माणसहितको कालोपत्र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाइएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । 

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभासदस्य शङ्कर भण्डारी र गण्डकी प्रदेशका पूर्वमन्त्री अर्थमन्त्री जीतप्रकाश आलेको पहलमा बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट