
काठमाडौँ । युनिभर्सल पिस फेडरेसन (युपीएफ) नाम संस्थाको आडमा पछिल्लो समय राजनीतिमा चुरफुर गर्दै आउनुभएका एकनाथ ढकाल पछिल्लो समय अन्तरधार्मिक आयोग गठनको दौडाहामा लाग्नुभएको छ । विवादास्पद छविका इसाई धर्म प्रचारक ढकाल प्रतिनिधिसभामा नेकपा एमालेबाट समानुपातिक सांसद हुनुहुन्छ । नेपाल परिवार दलका अध्यक्ष समेत रहनुभएका ढकाल एमाले नेतृत्वलाई पैसाले चाकडी बजाएर सांसद बन्नुभएको हो ।
एमालेको सांसद भएर उहाँ न पार्टीको सिद्धान्त अनुसार चल्नु भएको छ, नत एमाले कार्यकर्ताको चाहना अनुसार । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेताहरुले धर्मलाई महत्व दिएको पाइँदैन । एमाले नेताहरु ‘मुलुकको समृद्धि र सुशासन’ भन्दै हिडिरहेका छन् । तर त्यही पार्टीका सांसद ढकालले भने धार्मिक एजेण्डालाई प्राथमिकता दिइरहनुभएको छ ।
नेपालको राजनीतिमा चर्चित शब्द हो ‘होलीवाइन’ । त्यो दक्षिण कोरियामा रहेको युनिफिकेशन चर्चसँग सम्बन्धित छ । ढकाल त्यही युनिफिकेशन चर्चसँग सम्बन्धित हुनुहुन्छ । ढकाल नेपालमा युनिफिकेशन चर्चको हर्ताकर्ता मानिनुहुन्छ । २०६२/२०६३ सालको जनआन्दोलनको मूल लक्ष्य गणतन्त्र थियो, धर्म निरपेक्षता र संघीयको प्रसंग नै उठेको थिएन । आन्दोलन सफल भएपछि अन्तरिम संविधान बनाउने क्रममा पछि धर्म निरपेक्ष र संघीयता त्यसमा छिर्राइयो । धर्म निरपेक्ष युनिफिकेशन चर्चको भूमिका तथा इसाईहरुको सक्रियता र संघीय मधेश आन्दोलनको कारण राखिएको त्यसबेलाका विधायकहरु बताउँछन् । ढकालले बहुदलीय व्यवस्थादेखि नै नेपालका विभिन्न पार्टीका शीर्ष नेताहरुलाई बेला बेलामा दक्षिण कोरिया लैजाने गर्नुहुन्थ्यो । नेताहरुलाई विदेशका विभिन्न कार्यक्रममा लगेर ढकालले ठूला दलमार्फत नेपालमा अन्य धर्मावलम्बीहरुको तुलनामा इसाईहरुलाई बढी सक्रिय पार्न भूमिका खेलेको राजनीतिक वृतमा चर्चा हुने गरेको छ ।
नेपालमा पछिल्लो समय विभिन्न जातजाति र धर्मको नाममा समाजलाई भड्काउने प्रयत्न भइरहेको छ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले समाज बिथोल्ने गतिविधिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादी केन्द्रका नेताहरुले नै सक्रिय भएको आरोप लगाउँदै आउनुभएको छ । यहीबेला ढकाल अन्तरधार्मिक आयोगको एजेण्डा लिएर हिड्नुभएको छ । एमाले सांसद ढकाल त्यसको लागि अन्तरधार्मिक टोली नै बनाएर लाग्नु भएको छ । नेपाल पहिल्यैदेखि धार्मिक सहिष्णुता मुलुक हो । गणतन्त्र स्थापनापछि धर्म निरपेक्ष बनाइएको छ । संविधानले सबै धर्मलाई आफ्नो गच्छेअनुसारको भूमिका निर्वाह गर्न खुला वातावरण दिएको छ । तर पनि ढकालको टोली अझै सन्तुष्ट देखिँदैन । अन्तरधार्मिक आयोग नभई हुन्न भनेर दौडधुप गरिरहेका छन् ।
ढकालको टोलीले यही एजेण्डा लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भेटघाट र छलफल गरेका छन्। ढकालको टोलीले मन्त्री किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भेटेर छलफल गरेको हो । मन्त्री किराँतीसँगको भेटमा ढकाल टोलीले नेपालको संविधानको भावनाको कदर गर्दै ‘अन्तरधार्मिक आयोग’ गठन गर्नै पर्ने प्रस्ताव राखेको स्रोत भनाई छ । स्रोतका अनुसार सांसद ढकालले इसाई अगुवा डा केबी रोकाय, डा महेन्द्र भट्टराई, मुस्लिम महिला अधिकारकर्मी सीमा खान, हिन्दु पण्डित केशव प्रसाद चौलागाई, प्राध्यापक स्वामी आनन्द विनोद, जैन गुरु नमन उपाध्याय, किराँत धर्म गुरु दङ्ग धोज खोयाहांग, बहाई गुरु डा नरेन्द्र पाण्डे, डा पियारत्न मर्हजन, युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडल, विश्व शान्ति तथा एकीकृत परिवार महासंघका मनोज सुर्खेती लगायत विभिन्न ८ धार्मिक समुदायको टोली नै लगेर मन्त्री किराँतीसँग यस्तो प्रस्ताव राख्नुभएको हो ।
विगतमा आफूलाई सहयोग गर्दै आएकाले एक स्वरमा ‘अन्तरधार्मिक आयोग’ बनाउन प्रस्ताव राखेपछि मन्त्री किराँतीलाई निकै अप्ठ्यारो पर्यो । बेला बखत आफूलाई सहयोग गरिरहनहरुलाई ‘हुन्न, मिल्दैन’ भन्ने कसरी ? संविधान भन्दा बाहिरको प्रस्ताव ‘हुन्छ’ भन्नु कसोरी ? आफ्ना दाताहरुले नै अप्ठ्यारोमा पारेपछि मन्त्री किराँतीले ढकाल टोलीलाई यसबारेमा एक पटक प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर छलफल गर्न सुझाव दिनुभएको स्रोतले बताएको छ । स्रोतका अनुसार मन्त्री किराँतीले ढकाल टोलीसँग विभिन्न जातजाति र धर्मावलम्बीहरुलाई सहभागी गराएर मन्त्रालयले सांकृतिक सम्मेलन गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आजदेखि शिक्षक आन्दोलनको समय तालिका हेरफेर
- अवरूद्ध दाउन्ने सडक दुईतर्फी सञ्चालनमा
- मिनीट्रक दुर्घटना हुँदा डोटीमा तीन जनाको मृत्यु
- युएईका उपप्रधानमन्त्री काठमाडौँमा, आज द्विपक्षीय वार्ता
- ‘आई लभ यू केपी बा’ भन्ने मान्छे खोज्दै हिड्नु देशकै लागि दुर्भाग्य : भुसाल
- कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि सञ्चालन हुने
- अझै २०-२५ वर्ष म बिनाको एमाले कसैले कल्पना नगरे हुन्छ: ओली
- चाबी लगाएर आन्दोलनमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन
- विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त
- परीक्षा संचालन गर्न कर्मचारी सहभागी नहुने ट्रेड युनियनको संकेत